
गाईघाट / नेपालका महानगर, उपमहानगर र विकसित नगरहरूका प्रमुखहरु र अमेरीकाको न्युयोर्क सिटी महानगरका नगर प्रमुख एरिक एडम्स बीच आज अन्तरक्रिया भएको छ।
नगर प्रमुख एडम्ससँग विराटनगर महानगरपालिकाका मेयर नागेश कोईराला, बुटवल उप महानगरपालिकाका मेयर खेलराज पाण्डे, त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेत, भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धर, धनगढीमाई नगरपालिकाका मेयर शंकरले जुम मिटिंग मार्फत अन्तरक्रिया सम्पन्न भएको हो।
अन्तरक्रिया कार्यक्रममा सहभागी हरुले एकापसमा हुनसक्ने व्यापार, सामाजिक, शैक्षिक एवं साँस्कृतीक आदान-प्रदान लगायतका साझेदारीमा आधारीत परीयोजनाहरूकाे बारेमा कुराकानी भएको त्रियुगा नगर प्रमुख बस्नेतले बताउनु भयो ।
सभापति सोमनाथ घिमिरेले जुम अनलाइन मिटिंगको अन्तराष्ट्रिय मामिला उप आयुक्त दिलीप चौहानले आयोजना गरेका थिए भने जीपी फाउन्डेसन अमेरिकाकाका सभापति सोमनाथ घिमिरे सहजकर्ताको रुपमा थिए ।

प्रतिकृया दिनुहोस्