
गाईघाट / उदयपुर क्षेत्र न. १ मा रोकिएको मतगणना सुरु भएको छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुरले गाईघाट बजारको नमुना माबिमा मतगणना सुरु गरेको हो ।
दुई देखि स्थगित रहेको मतगणना प्रमुख दल नेकपा एमालेको बिरोध रहेपनि सुरु भएको छ । मतगणना स्थगित रहनुको प्रमुख कारण भने प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ मतगणना हुदै गर्दा प्रदेश सभा ( ख ) प्रत्यक्ष तर्फको १०० ब्यालेट पेपर सोहि बाकस भित्र भेटिएको थियो ।
ब्यालेट पेपर भेटे पछि नेकपा एमाले सहित केहि साना दलका प्रतिनिधि तथा उम्मेदवारहरुले पुन : निर्वाचनको माग गर्दै आएका थिए । निर्वाचन आयोग नेपालको च.न १५८ मिति २०७९/०८/०५को निर्णय बुदा न. ( ४ ) मा
उल्लेखित अर्को प्रणाली वा सभाका लागि दोहोरो मतदान भएकोमा जुन प्रणाली वा सभाको मतपत्र दोहोरो परेको हो तेस्तो मत पत्र बदर गर्ने निर्णय गरेको छ । मतगणना सुरु गर्ने भए पछि नेकपा एमालेका
जिल्ला अध्यक्ष प्रमेश्वोर घिमिरे, पुर्ब संसद बिमल कार्की, अम्बिका थापा, इश्वोरमणि राउत, सिर्जना दनुवार लागाएत् केहि कार्यकर्ता बिरोध गर्दै मतगणना स्थल बाट बाहिरिएको थियो ।

प्रतिकृया दिनुहोस्