१७ मंसिर २०७९, शनिबार ०७:३३

गाईघाट / त्रियुगा नगरपालिकाका प्रमुख बसन्त कुमार बस्नेतले काठमाडौँ महा-नगर प्रमुख बालेन शाहलाई बधाई दिएका छन् । शाहले अहिले गरेको कार्यको प्रशंसा गर्दै बधाई दिएको हो ।
राजधानीलाई राजधानी जस्तो बनाउनु पर्छ यहाँ नेपालका उच्च पदमा भएको व्यक्तिको बसोवास रहेको छ । उहाहरु अरु देशको राजधानी हेरेर आउनु भएको होला तेसैले सफा र
सुन्दर महा-नगर बनाउनु जुन कदम चाल्नु भएको छ त्यो निकै नै राम्रो कामको सुरवात भएको बस्नेतले बताउनु भयो । बागमती सफा र सुन्दर पार्नको लागि अरबौ रुपैयाको प्रोजेक्ट रहेको छ यसलाई सक्न कति १०० बर्ष लगाउने हो..? भन्दै बस्नेतले प्रश्न गर्नु भएको थियो ।
वास्तविक सुकुम्वासीलाई नेपाल सरकारले नै मापदण्ड बनाएर वसोवासको व्यवस्था गर्ने नीति ल्याएको छ जस अनुसार हाम्रो त्रियुगा नगरपालिकाले पनि काम गरि रहेको बताउनु भयो ।

प्रतिकृया दिनुहोस्