
गाईघाट / त्रियुगा नगरपालिकाले आ.व २०७९/०८० को पहिलो चौमासिक सावर्जनिक सुनुवाई सम्पन्न गरेको छन् । त्रियुगा नगर प्रमुख बसन्त कुमार बस्नेतको अध्यक्षतामा उदयपुर जिल्ला
समन्वय समितिको सभा हालमा कार्यक्रम गरेको हुन् । आयोजक त्रियुगा नगरपालिकाको रहेको थियो भने सहजिकरण सुशासनका हिमायती ( जि क्यु ) उदयपुरले गरेको थियो ।
जनताले सोचे जस्तो काम गर्न नसकेको नगर प्रमुख बस्नेतले बताउनु भयो । हामी निर्वाचित भए पछि वर्षा,चाडवाड संगै चुनावले गर्दा जनताले अपेक्षा गरेको जस्तो काम गर्न नसकेको पनि बताउनु भयो ।
नगर प्रमुख बस्नेतका अनुसार त्रियुगा नगरमा गरिवको रेखा मुनि अरु जनता भए पनि अहिले सम्म ३१० घर धुरीलाई गरिव परिवारको परिचय पत्र वितरण गरेको बताउनु भयो ।
त्रियुगा नगर उप-प्रमुख महेस्वोरी राईले पहिलो सावर्जनिक सुनुवाईमा हाम्रो नगरले सोचे जस्तो काम गर्न नसके पनि दोस्रो सावर्जनिक सुनुवाईमा सुधार गर्ने बताउनु भयो ।
त्रियुगा नगरको प्रमुख प्रशासकीय अधिकृत मान बहादुर वनले सावर्जनिक सुनुवाई प्रस्तुत गर्नु भएको हुन् । वनले नगर भित्रका योजनाहरु सके सम्म सानो हुनु पर्ने बताउनु भयो ।
धेरै ठाउमा थोरै थोरै बजेट बिनियोजन गर्नु भन्दा बरु एउटा योजनामा बजेट बिनियोजन गर्न सुझाब दिनु भयो । त्रियुगा नगरपालिकाको
कार्यालयमा कुनै पनि बहानामा सेवाग्राहीलाई कुनै पनि कर्मचारीले दु:ख दिए आफुलाई सम्पर्क गर्न मान बहादुर वनले बताउनु भएको हुन् ।

प्रतिकृया दिनुहोस्