
सुशिला तामाङ
गाईघाट / त्रियुगा नगर थारु कल्याणकारिणी सभाको सभापतिमा सुमन कुमार चौधरी निर्वाचित भएका छन् । त्रियुगा नगरपालिका वडा न. ४ बगाहा थारु कल्याणकारिणीको सभा हलमा सम्पन्न
भएको पाचौं अधिबेसन बाट चौधरी निर्वाचित भएको हुन् । नेपाली कांग्रेसका युवा नेता चौधरी त्रियुगा नगरमा आफ्नो छुटै पहिचान बनाउन सफल भएका छन् । विभिन्न सामाजिक काम र विकासका
काम अग्रसर भएर चौधरीले नगर भरिका सबै जनताको काम गर्ने गरेको छन् । चौधरी आफु सभापतिमा निर्वाचित भए पछि त्रियुगा नगर भरिका थारु समुदायको हक हितको लागि अग्रसर भएर काम गर्ने बताउनु भयो ।
साथै मलाई सभापति पदको लागि साथ र सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिनु भयो । २०७९ कार्तिक २ गते भएको अधिबेसनमा अरु सदस्यमा सहमति भए पनि अध्यक्ष र कोषाध्यक्षमा सहमति
नभए पछि निर्वाचन मण्डलले अर्को सूचना नभए सम्मको लागि अधिबेसन स्थगति गरेको निर्वाचन मण्डलका संयोजक शिभकान्त चौधरीले बताउनु भयो । शिभकान्त चौधरीका अनुसार सोहि
स्थगति अधिबेसनलाई आज निर्वाचन मण्डलले पूर्ण रुप दिदै सभापतिमा सुमन कुमार चौधरी सहित उप-सभापतिमा आनन्द वती चौधरी, बिना कुमारी चौधरी, संजिव कुमार चौधरी तेस्तै सचिवमा
बिनोद कुमार चौधरी, सह-सचिवमा समिना कुमारी चौधरी र अजय चौधरी निर्वाचित भएको बताउनु भयो । भने कोषाअध्यक्षमा प्रशुराम चौधरी सदस्यहरुमा लाल बहादुर चौधरी, शान्ति चौधरी निर्वाचित भएको हुन् ।
थारु कल्याणकारिणी सभाको निर्वाचन क्षेत्र न.१ को कमिटि गठन गर्नको लागि तदर्थ समितिको सभापतिमा गौरी नारायण चौधरी र निर्वाचन क्षेत्र न.१ ( ख )को
तदर्थ समितिको सभापतिमा कृष्ण कुमार चौधरीलाई मोनोनित गरि जिम्मेवारी दिएको पनि निर्वाचन मण्डलले बताउनु भयो


प्रतिकृया दिनुहोस्