काठमाडौं । हालै आईपीओ बिक्री गरेको अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
लघुवित्तले रू . १ करोड १० लाखभन्दा बढी खुद नाफा गरेको छ जून अघिल्लो आवको तुलनामा कम्पनीको खुद नाफा ३७ दशमलव ४२ प्रतिशत कम हो ।
अघिल्लो आवमा कम्पनीको खुद नाफा रू . १ करोड ७६ लाखभन्दा बढी थियो । गत आर्थिक वर्षमा अभियान लघुवित्त वित्तीय संस्थ लिमिटेडले रू . १ करोड १० लाखभन्दा बढी खुद नाफा गरेको छ ।
अघिल्लो आवको तुलनामा कम्पनीको खुद नाफा ३७ दशमलव ४२ प्रतिशत कम भएको हो । अघिल्लो आवमा कम्पनीको खुद नाफा रू . १ करोड ७६ लाखभन्दा बढी थियो । गत आवमा कर्मचारी खर्च र अन्य सञ्चालन खर्च बढेकाले सञ्चालन नाफा घटेको हो ।
कम्पनीले गत आवमा कर्मचारी खर्च रू . ६ करोड ६१ लाखभन्दा बढी र अन्य सञ्चालन खर्च रू . ४ करोड ९ लाखभन्दा बढी गरेको हो । संस्थाको रिजर्भको आकार १३४.४२ प्रतिशतले बढेर १ करोड ९ १ लाख रुपैयाँको उचाइमा पुगेको छ ।
अघिल्लो वर्ष रिजर्भमा ८१ लाख ६७ हजार रुपैयाँ थियो।कम्पनीले यस अवधिसम्म रू . ३१ करोड १५ लाखभन्दा बढी निक्षेप संकलन गरेको छ । अघिल्लो वर्ष शून्य दशमलव ५४ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष २ दशमलव ६० प्रतिशत कायम भएको छ ।
प्रतिकृया दिनुहोस्