१५ भाद्र २०७९, बुधबार १९:०९
उदयपुर । उदयपुरको एक पहाडी भूभागको नयाँ ठाउँमा फेरि विद्युतको राष्ट्रिय प्रशारणलाई सुरु भएको छ । जिल्लाको ताप्ली गाउँपालिका वडा नम्बर १ मा मुख्य प्रशारणलाईनबाट बिजुली जडान गरिएको हो ।
बुधबारदेखि मिटरबक्स जडान तथा लाभग्राही घरहरुमा वाईरिङको काम सुरु भएको स्थानीय समिप राईले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् । केही दिनभित्रै मुख्य प्रशारण लाईनबाट नै वडाको सबै घरमा बत्ति बाल्ने गरी काम तीब्र भइरहेको स्थानीयले बताएका छन् ।
पछिल्लो समय बिभिन्न ग्रामिण क्षेत्रमा समेत विद्युतीय पहुँच बढाउन सम्बन्धित स्थानीय सरकार (गाउँपालिका र नगरपालिका तथा वडा कार्यालय)ले पहल गर्दै आएको छ । जिल्लाको त्रियुगाबाहेक अन्य नगरपालिका र गाउँपालिकाका अधिकतर ठाउँका उपभोक्ताले बिजुली बाल्न पाएका छैनन् ।
प्रतिकृया दिनुहोस्