


गाईघाट- भदौ १६ ।उदयपुरको त्रियुगा नगरपािलकाले अव्यवस्थित रुपमा सञ्चालन हुँदै आएका साना व्यापारीहरुलाई व्यवस्थापन कार्य सुरु गरेको छ । त्रिनपाअन्तर्गत गाईघाट बजारको बिभिन्न सडक पेटीमा अबैध सञ्चालन हुँदै आएका टहरा तथा पेटीका चटपटे र फलफूल व्यापारीहरुलाई हटाउन थालिएको हो ।
त्रियुगा नगरपालिकामा नेपाली कांग्रेस बाट निर्वाचित भएक नगर प्रमुख बसन्त कुमार बस्नेत निर्वाचित भए लगतै बजारलाइ बेबस्थित र सुन्दर नगर बनाउने घोषणा गर्नु भएको थियो । आज राम्रोसंग सबै जना व्यापारीहरुलाई सम्झाएको प्रमुख बस्नेतले बताए । नगर पालिकाको लगानीमा अबेबस्थित फलफुल बजारलाइ बेबस्थित गर्नको लागि नगर प्रहरी संगै बजार पनि बनाएको बस्नेतले बताए ।
त्रियुगा नगर पालिकाका उप प्रमुख महेस्वोरी राइले सबै अबेबस्थित तरिकाले व्यापार गर्ने व्यापारी हरुलाई नगरले निर्माण गरेको ठाउँ गएर व्यापार गर्न अनुरोध गरे साथै नगरपालिका संग अनुमति नलिकन बाटोमा फलामको भर्याङ्ग बनाउने टहरा बनाउने घर धनि हरुलाई पनि तियो हटाउनुको लागि अनुरोध गर्नु भयो ।
त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश रसाईलीका अनुसार भदौ १६ गतेदेखि गाईघाट बजारको बिभिन्न सडक पेटीमा व्यापार थाप्दै आएका व्यापारीहरुलाई नवनिर्मित फलफूल बजारमा स्थानान्तरण गरिने भएको छ । ‘सडकमा जथाभाबी फुटपाथ व्यापारले सडक दुर्घटना बढायो’ अध्यक्ष रसाईलीले
भने, ‘पैदल यात्रुहरुका लागि बनाइएको पेटीमा समेत फुटपाथ व्यापारीले ओगटेपछि सर्वसाधरणलाई समस्याबाट मुक्त गर्न नयाँ फलफूल बजारको आवश्यकता पर्यो ।’पछिल्लो समय बजार हुँदै जाने पूर्व-पश्चिम मदन भण्डारी लोकमार्ग निर्माणपछि पेटीमा व्यापार गर्नेहरुको संख्या बढेको छ । मुख्य सडक व्यस्त हुने भएपछि पैदललाई हिड्न बनाएको पेटी समेत ठप्प हुने गरी केही केहीले साना व्यापार गर्दै आएका छन् ।



प्रतिकृया दिनुहोस्