
गाईघाट / त्रियुगा नगरपालिकाको सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । नगरपालिकाको वडा १० स्थित वासबारीमा अपाङमैत्री र वालवालिका मैत्री भवनको
आज नगरप्रमुख बसन्त कुमार बस्नेतले निर्माण कार्यको शुभाराम्भ गर्नु भएको हो ।अत्याधुनिक प्रशासनिक भवन निर्माणपछि जनताले सर्वसुलभ तरिकाले सेवा पाउने नगरप्रमुख बस्नेतले बताए ।
नगरप्रमुख बस्नेतले नगरपालिकाले प्रदान गरिरहेको सेवा अझ चुस्त र प्रभावकारी बनाउनका लागि सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण कार्य शुरु गरेको बताए ।
निर्माण कम्पनीलाई समय सिमा भित्र काम सम्पन्न गर्न निर्देसन दिनुको साथै त्रियुगा नगरपालिका बाट कुनै अबरोध नहुने पनि नगर प्रमुख बस्नेतले बताए ।
नगर उपप्रमुख महेश्वरी राईले मानविय बिकास सहित भौतिक विकासलाई पहिलो प्राथमिकतामा राखेको नगरपालिकाले नयाँ बन्ने भवनबाट नगरवासीले एकीकृत सेवा पाउने विश्वास व्यक्त गरिन ।
हामीले सुभारम्भ गरेको भवनलाई हामीले नै उदघाटन गर्न पाऊ भन्दै निर्माण कम्पनीलाई चाडो काम सक्न अनुरोध गर्नु भएको हो ।
भवन निर्माणको जिम्मा १२ करोड २६ लाख ३९ हजार २ सय ९३ रुपैयाँमा ज्ञान ज्योती बिल्डर्स प्रा.ली काभ्रेले पाएको प्रमुख प्रशासकीय अधिकृत मान
बहादुर वनले बताए । २०८२ साल असार १३ गते भवन सम्पन्न गर्ने गरि ठेक्का सम्झौता भएको छ ।

प्रतिकृया दिनुहोस्