


गाईघाट / त्रियुगा नगरपालिका वडा न.१२ मा चौथो वडा अध्यक्ष फुटबल कपको आयोजना भएको छ । आज देखि विशनपुर् हरित पार्कको खेलमैदानमा
संचालन भएको चौथो वडाअध्यक्ष फुटबल कप प्रतियोगिताको नगर प्रमुख बसन्तकुमार बस्नेतले उद्धघाटन गरेका हुन । उद्घाटन सत्रमा एस खेल मैदान
संरक्षणको लागि त्रियुगा नगरपालिकाले बजेट बिनियोजन गर्ने बताउनु भएको छ । त्रियुगा नदिमा लगाएको बाध पहुचको भरमा कहिँ एक सय मिटर कहिँ
पचास मिटर लगाएकोमा नगर प्रमुख बस्नेतले दु:ख व्यक्त गर्नु भएका छन् । एस खेल मैदान नजिक बाध लगाएको भए पनि गुणस्तरहिन रहेको बताउनु
भएको हुन् । तर अब म एस नगरमा निर्वाचित भएको छु अब यस्ता खालको बेथितिलाई चिर्दै जनताको हितमा आफ्नो कार्यकाल भरि काम गर्ने बस्नेतले
बचन दिनु भएको हो । हिजो मात्र त्रियुगा प्रथम मेयर रनिङ्ग शिल्ड कार्यक्रम समापन भएको थियो । खेलकुदलाई प्रोत्सान गर्ने हिसाबले आयोजन गरेको वडा
न.१२ का सम्पूर्ण टिमलाई नगर प्रमुख बस्नेतले धन्यवाद दिनुको साथै आउदै गरेको माघी पर्व र सम्पूर्ण खेलाडी भाईहरुलाई हार्दिक सुभकामना दिनु भएको हो ।
त्रियुगा नगर खेलकुद विकास समितिका अध्यक्ष विजय सिङ्ग दनुवारले यो फुटबल प्रतियोगित आयोजनाले युवाहरुलाई अझै खेल प्रति लगनशील बनाउने
बताउनु भएका छन् । साथै दनुवारले खेलसँगसँगै युवाहरुले अहिलेको अत्यन्तै जटिल समस्या लागू औषध निराकरणमा पनि भुमिका खेली सभ्य सुसंस्कृत
समाज निर्माणमा सहयोग पुर्याउनुपर्ने समेत बताउनु भएका हुन् ।
फुटबल प्रतियोगितामा फुटबल क्लब बगाहा भर्सिस गाईघाट फुटबल क्लब तेस्तै फुटबल टिम असारी भर्सिस स्वोर्निम युवा क्लब जलजले गरि जम्मा ८ वटा
टिम सहभागी भएको आयोजनले बताउनु भएको छ । आयोजकका अनुसार मोतिराजा युवा क्लब मोतिगडा भर्सिस एलाभें स्टार क्लब बोक्से र बिसनपुर्
लक्ष्मीपुर् आयोजक भर्सिस राजावास रहेको छ भने फाइनल माघ १ गते रहेको बताउनु भयो ।



प्रतिकृया दिनुहोस्