
काठमाडौं । पब्जी मोवाइल विश्व च्याम्पियनसिपमा नेपाली टिम दोस्रो भएको छ । इन्डोनेसियामा भएको खेलमा नेपालको डीआरएस टिम टर्कीको एसटूजीसँग पराजित भएको हो ।
फाइनल चरणको खेलमा एसटूजीले १९० अंक जोड्यो भने नेपाली टिम डीआरएसले १५८ अंक मात्र जोड्यो । उपविजेता डीआरएसले २ लाख ९२ हजार अमेरिकी डलर पुरस्कार पाएको छ ।
फाइनल पुगेको नेपालकै अर्को टिम भने १३ औं स्थानमा आएको छ । उसले १ लाख ३२ हजार ५०० अमेरिकी डलर पुरस्कार पाएको छ ।
प्रविधिमा नेपाली युवाहरू पनि विश्वस्तरीय छन् कोही भन्दा कम छैनन् तर मालको चाल नपाएको नेताहरूको नेतृ्तव भएको मुलुकमा जन्मनु पऱ्यो, त्यसैले यहॉका सबै ब्रेन ईन ड्रेन हुन पुगेको छ ।
यस्तो प्रविधि र प्राविधज्ञ अमैत्री मुलुकमा पनि युवाहरूले आफ्नो प्राविधिक प्रतिभाको करामत देखाईरहेका छन् । मुलुकको नाम उज्ज्वल पार्न सफल DRS
GAMING टिमका युवा डिजिटल प्राविधिकहरूलाई सामाजिक अभियन्ता भिम उपाध्याले मुरी मुरी बधाई दिएको छ ।

प्रतिकृया दिनुहोस्