


राष्ट्रिय आविष्कार केन्द्रले सिन्केधुप र दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन बनाउने भएको छ । आगामी वैशाखसम्म केन्द्रले यस्तो मेसिनको निर्माण सक्नेगरी काम भएको र त्यसका लागि सरकारले पनि सघाउने भएको हो ।मेसिनको
आवश्यक प्रविधिको अध्ययन, अनुसन्धान रविकासका लागि काम गर्नेगरी लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र र आविष्कार केन्द्र बीच शुक्रबार समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारीमा प्रवर्द्धन केन्द्रका निमित्त
प्रमुख विष्णुप्रसाद भुसाल र आविष्कार केन्द्रको तर्फबाट अध्यक्ष महावीर पुनले हस्ताक्षर गरे ।समझदारीअनुसार आविष्कार केन्द्रलाई अनुदानस्वरुप ४० लाख रुपैयाँ यो आर्थिक वर्षका लागि प्राप्त हुनेछ । सम्झौता पछि आफूहरु
उत्साहित भएको आविष्कार केन्द्रका अध्यक्ष पुनले बताए । यो रकमबाट सिन्केधुप, दाँत कोट्याउने सिन्काबनाउने मेसिन, झाडु, बाँसको मुडा बनाउनेलगायत मेशिन बनाउन खर्च गरिने पुनले बताए ।
‘हामी आर्थिक वर्ष सकिने अघि नै काम भ्याउने गरि काम गर्नेछौं, पुनले भने ‘वैशाखसम्म यस्तो मेसिन बनाउने छौं ।’



प्रतिकृया दिनुहोस्