


गाईघाट / त्रियुगा नगरपालिकाका भूमिहीन, अति बिपन्न, दलित/जनजाती परिवारहरुको लागि सुरक्षित आवास निर्माण हुने भएका छन् ।
त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त कुमार बस्नेतको पहलमा आवास निर्माण कार्यको परियोजना अघी बढाएका हुन् । त्रियुगा नगरपालिकाको सहकार्य र
ह्याबीट्याट फर ह्युम्यनीटी इन्टरनेशनलको सहयोग तथा हुरेण्डेककाे सम्वन्यमा परियोजना संचालन हुने नगर प्रमुख बसन्त कुमार बस्नेतले जानकारी दिनु
भएको छन् । यस परियोजना अन्तर्गत त्रियुगा नगरपालिका भित्रका ५० घर परिवारका भूमिहीन, अति बिपन्न, दलित/जनजाती परिवारहरु १० धुर जग्गा सहित
२ बेडरूम, १ किचेन र शौचालय सहितको आवास प्राप्त गर्ने छन । ५० आवस निर्माणमा लाग्ने २ करोड ४० लाख रुपैया मध्य १ करोड नगरपालिकाले
ब्यहोर्नु पर्ने छ भने बाकी रकम ह्याबीट्याट फर ह्युम्यनीटी इन्टरनेशनलले ब्यहोर्ने सम्झौता भएका छन् । सम्झौता कार्यक्रममा त्रियुगा नगरपालिकाका मेयर
बसन्त बस्नेत, उपमेयर महेश्वरी राई, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन, लगायत नगरपालिका तथा हुरेण्डेकका प्रतिनिधिहरुको उपस्तिथी रहेको थियो ।



प्रतिकृया दिनुहोस्