२२ माघ २०७९, आईतवार २१:०६


गायिका ज्योति मगर सहभागी हुने सांगीतिक कार्यक्रमलाई अर्घाखाँचीका १० संगीतसम्बद्ध संस्थाले बहिष्कार गरेका छन् ।
अर्घाखाँची महोत्सवमा गायिका मगरले प्रस्तुति दिने भनिएको कार्यक्रममा आफूहरुले सहभागिता नजनाउने निर्णय गरेको उनीहरुद्वारा जारी संयुक्त वक्तव्यमा उल्लेख छ ।
नेपालको मौलिक कला–संस्कृति बचाउन र यस्ता कार्यको विरोध गर्दै उक्त निर्णय गरिएको ती संघसंस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपाली मौलिक पहिरनमा सुसज्जित भएर प्रस्तुत हुन पनि उनीहरुले आग्रह गरेका छन् । मेला महोत्सव र सांस्कृतिक कार्यक्रममा मगरले
Jyotiगाउने गीत र नृत्यले नेपाली मौलिक कला संस्कृतिको पक्षमा सुखद सन्देश दिन नसकेको पनि विज्ञप्तिमा उल्लेख छ ।अनलाइन खबर

प्रतिकृया दिनुहोस्