२५ माघ २०७९, बुधबार ११:०१


गाईघाट / जग्गा धनिले बीच सडकमा लगाएको प्रखाल गाउले मिलेर भत्काएका छन् । त्रियुगा नगरपालिका वडा न.९ राजावास इस्थित नवउदय टोल विकास जाने सडकमा प्रखाल लगाएका हुन् ।
प्रखाल लगाउने क्रममा नै गाउलेहरुले बिरोध गरे पछि जग्गा धनिले अब नलगाउने र लगाईसकेको प्रखाल भत्काउने सहमति भएको एक
स्थानीयले बताए । सहमति भएको एक हप्ता सम्म धनिले नभत्काए पछि सम्पूर्ण गाउले मिलेर आज भत्काएका हुन् ।
२०५४ साल देखि हिडी रहेको बीच बाटोमा प्रखाल लगाएको देख्दा सम्पूर्ण गाउलेहरु दु:खि भएका छन् ।
जग्गा धनि सुनिल पौडेल संग सम्पर्क गर्दा उहाले आफ्नो जग्गा भएको कारणले गर्दा प्रखाल लगाएको बताए ।
एम्बुलेस गुड्नको लागि दुई मिटरको बाटो छोडेको पनि पौडेलले बताउनु भयो। पौडेलका अनुसार गाउले हरु संग बाटो छोड्ने कुनै सहमति नभएको पनि प्रस्ट पार्नु भएको हो ।

प्रतिकृया दिनुहोस्