

मुम्बई, २५ माघ । ९० को दशकमा अभिनेता नाना पाटेकर र अभिनेत्री मनिषा कोइरालाको प्रेमकथा कुनै समय बलिउडमा सबैभन्दा बढी चर्चाको विषय बन्थ्यो । अनस्क्रिन रोमान्स गरिरहँदा उनीहरुको प्रेम त्यो अवस्थामा पुग्यो, जहाँ सायद दुवैलाई मिलन लेखिएको थिएन ।
मनिषा र नानाको पहिलो भेट फिल्म ‘अग्निसाक्षी’को सेटमा भएको थियो । सन् १९९६ मा रिलिज यो फिल्ममा मनिषाको उमेर २७ र नानाको उमेर ४५ को थियो । दुवैको उमेरको अन्तरसँगै नाना विवाहित
पनि थिए । उनको एक सन्तान थियो । मनिषा र नानाको सम्बन्ध टुट्नुमा नाना नै कारण थिए, किनकी उनी श्रीमतीसँग सम्बन्धविच्छेद गर्न चाहँदैन थिए ।
मनिषासँग सम्बन्ध टुटेको वर्षौंसम्म पनि नानाले आफ्नो प्रेमलाई बिर्सन सकेनन् । उनले फिल्मफेयरलाई दिएको एक
अन्तर्वार्तामा मनिषालाई अझै पनि सम्झने गरेको खुलाएका थिए । उनले मनिषालाई कस्तुरी हिरनसँग तुलना गरेका थिए ।

प्रतिकृया दिनुहोस्