


उदयपुर / तुलसी बहुमुखी सहकारी डुवेको बाहिरी हल्लाका कारण बचतकर्ताहरुले पैसा फिर्ता माग राखे सँगै सहकारीको सबै कार्यालयहरु बन्द अवस्थामा पुगेको छ ।
उक्त सहकारीको बिराटनगर मुख्य कार्यालय सहित ४ स्थानमा शाखाहरु रहेको छ । पछिल्लो समय सबै शाखाकामा रहेको बचतकर्ताहरुले बचत फिर्ता मागे पछि सहकारी संकटमा परेको हो ।
संञ्चालकहरुले भने सहकारी नडुवेको बताएका छन् । उनिहरुले सबैको पैसा एकै पटक फिर्ता दिन व्यवस्थापनमा पनि समस्या हुने हुँदा विस्तारै बचतकर्ताहरुलाई पैसा फिर्ता गर्दै जाने जनाए ।
यसै बीच गाईघाट शाखाको बचत कर्ताहरुलाई त्रियुगा उधोग बाणिज्य संघ उदयपुरले साथ दिएका छन् । त्रियुगा उद्योग बाणिज्य संघको सहजीकरणमा आज बचत कर्ताहरुले जिल्ला प्रशासन कार्यलयलाई निवेदन बुझाएको हो ।
संघका प्रथम उपाध्यक्ष नविन वस्नेतले ब्यावसायीको बचत फिर्ताको लागि सहजीकरण भुमिका निर्वाह गरेको बताउनु भयो ।



प्रतिकृया दिनुहोस्