


गाईघाट / उदयपुरमा कुलो विवादका कारण एक महिला माथि हातपात भएको छ । चौ.न.पा वडा न. ३ बसहा बस्ने मन्जु श्रेष्ठ माथि हातपात भएको हो ।
श्रेष्ठका अनुसार मेरो ससुरा अशोक चन्द्र राईले गाउलेहरुको सहजको लागि आफ्नो जग्गा बाट कुलो दिएको बताए । ससुराले कुलो दिदा रुद्र राज राईको
बुवा गुमान सिङ्ग राईलाई आफ्नो जग्गाको छेउ बाट कुलो लग्न दिएको श्रेष्ठले बताइन तर अहिले कुलो हुने पर्ने ठाउमा खोला बनाएर हाम्रो बीच जग्गा बाट
कुलो लगेको प्रति श्रेष्ठले गुनासो गरिन । यसै सन्दर्भमा छलफलको लागि चौ.न.पा न्यायिक समितीमा आफुले निवेदन दिएको श्रेष्ठले बताए । छलफल गर्ने
क्रममा नेपाली कांग्रेस उदयपुर जिल्लाका कोषाअधक्ष्य मौसम राईले आफु माथि साले भन्दै किक प्रहार गरेको श्रेष्ठले बताउनु भयो ।
चौ.न.पाका उप प्रमुख मनिका दुलाललाई सम्पर्क गर्दा आफुले किक प्रहार गरेको नदेखेको बताउनु भएको छ । दुलालका अनुसार प्रसंग कुलोको भए पनि
मन्जु श्रेष्ठ र मौसम राई बीच व्यक्तिगत लाल्छना लगाउनाले समस्या भएको बताउनु भयो । आफुले दुवै पक्षलाई निवेदन कुलोको भएको कारण तेही प्रसंग मात्र छलफल गरौ भन्दा नि उहाहरु दुवै पक्षले एकले अर्कालाई व्यक्तिगत अरोप लगाएको बताए ।



प्रतिकृया दिनुहोस्