

नेपाली फिल्म उदोगमा अहिले फिल्म ‘छक्का पञ्जा ४’को राम्रै चर्चा छ। उद्योगका सफल फिल्मको सिरिज भएकाले पनि फिल्मको चर्चा हुनु स्वाभाविकै हो।
फिलमको ट्रेलर, गीत र पोस्टर सार्वजनिक भइसकेका छन्।फिल्म यही फागुन १९ गतेदेखि प्रदर्शनको तयारीमा छ। फिल्मको गीत र ट्रेलर युट्युब ट्रेन्डिङको
१ नम्बरमा पुग्यो। उद्योगमा रहेका अधिकांश कलाकारले सेयर गरे।फिल्मको प्रचारमा कलाकार तथा निर्माता दीपकराज गिरी र दीपाश्री निरौला खटिरहेका
छन्। तर फिल्म प्रचारमा निर्देशक तथा अन्य कलाकारको सक्रियता खासै देखिँदैन।यही फिल्ममार्फत दीपक–दीपाको टिमसँग जोडिएकी मलिना जोशी पनि
मौन छिन्। निकै हल्लाखल्लासहित फिल्ममा अनुबन्ध भएकी जोशीले फिल्म प्रचारमा चासो देखाएको देखिँदैन।सामाजिक सञ्जालमा निकै सक्रिय मलिनाले
फिल्मका पोस्टर तथा गीत र ट्रेलर केही पनि सेयर गरेकी छैनन्। मलिनाको फिल्मप्रतिको उदासीनताले निर्माण टिम र मलिनाबीचको सम्बन्ध सुमधुर नरहेको संकेत दिन्छ।

प्रतिकृया दिनुहोस्