१२ फाल्गुन २०७९, शुक्रबार २१:४९

गाईघाट / उदयपुरमा बिज्ञान तथा कला प्रदर्शनी २०७९ सम्पन्न भएका छन् । रौतामाइ गाउपालिका तथा श्री नमुना मा. वि. मुर्कुचीको संयुक्त आयोजाना
मुर्कुचीमा सम्पन्न भएको हो । प्रदर्शनीमा उदयपुर ,सिरहा,सप्तरी र विभिन्न नगरपालिका तथा गाउपालिका बाट ३५ वटा बिधालयहरुको सहभागीता रहेको थियो ।
तेसै अनरुप बिज्ञान तथा कला प्रदर्शनीमा क्रीमसन एकेडेमीले बिज्ञान तर्फ दोश्रो र नृत्य तर्फ तेस्रो स्थान हात पार्न सफल भएको क्रीमसन एकेडेमीका संचालक सुमन चौधरीले बताएका छन् ।
चौधरीले कार्यक्रममा सहभागी विद्यार्थी भाई बहिनीहरुलाई बधाई दिनुको साथै आउदो दिनमा बिज्ञान तथा कलामा अझै हौसला प्रदान गर्ने प्रतिबद्धता गर्नु भएको छ । चौधरीले आयोजक समितीलाई पनि धन्यवाद दिनु भएको छ ।


प्रतिकृया दिनुहोस्