


गाईघाट / दुर्घटनाका कारण घाइते भएका उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १२ का वडा अधक्ष्य चुडाराज काफ्लेको निधन भएको छ । फागुन ६ गते
शिवरात्रीका दिन घर नजिकै मोटरसाईकल दुर्घटनामा परेर घाइते भएका थिए । उपचार सम्भव नदेखिएपछि अस्पतालबाट घर फिर्ता गरियका थिए।
विराटनगरस्थित न्युरो हस्पिटलमा उपचार पार लाग्ने नदेखिएपछि घर फिर्ता ल्याएको परिवारले जनाएको छ । अस्पतालबाट मृतक घोषणाको रिपोर्ट लिन बाँकी
गरेर मृत्युुअघिको संस्कार बैतर्नी गर्न घर ल्याइएको बुझिएको छ ।उनी गत स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट सहभागि भई वडा अधक्ष्यको
उम्मेदवारीमा विजयी बनेका थिए ।त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतले पालिकाको एक वडाध्यक्ष तथा काङ्ग्रेसको कार्यकर्तालाई गुमाउन परेकोमा
दुख व्यक्त गरे । आज नगर भरि शोक बिदा दिएको त्रियुगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बनले बताउनु भएको छ ।



प्रतिकृया दिनुहोस्