
स्वस्तिमा खड्काको प्राइभेट भीडीयाे लिक भएको भन्दै भाईरल बनेको के हो ? हेर्नुस् बास्तबिकता यस्तो रहेछ ! चर्चित नेपाली
अनलाइन न्युज पोर्टल अनलाइन खबरको भेरिफाइड फेसबुक पेजबाटै मालवेयको लिङ्क राखेर बुस्ट गराइएको पाइएको छ।
बिहीबार अनलाइन खबरको आधिकारिक फेसबुक पेजमा ‘…नायिका स्वस्तिमा खड्काको हट फुटेज..’ भन्दै मालवेयर लोड गरिएको गुगल ड्राइभको लिङ्क सहितको पोस्टको विज्ञापन गरिएको हो ।
अनलाइन खबर स्रोतले गत निर्वाचनको समयमा विभिन्न व्यक्तिहरूलाई उपलब्ध गराइएको फेसबुक पेजको एडिटर एक्सेस दुरुपयोग हुन सक्ने आशङ्का गरेको छ ।
कसरी यस्तो हुन गयो हामी आफैँ आश्चर्यमा छौँ,” अनलाइन खबर स्रोतले भन्यो, “अहिले हाम्रो प्राविधिक टिमले पेजमा रहेको
अनावश्यक एक्सेसहरू हटाउने काम गरिरहेको छ ।” तर साइबर सुरक्षा विश्लेषक तथा भैरव टेक्नोलोजीका सह-संस्थापक एवम् सीईओ विजय लिम्बूले भने अनलाइन खबरको फेसबुक पेज
अथवा पेजमा एक्सेस भएका व्यक्तिहरूको डिभाइस ह्याक गरी उक्त पोस्ट राखिएको हुनसक्ने विश्लेषण गरेका छन् ।
बुस्ट गरिएको उक्त पोस्टमा स्टिलर मालवेयर राखिएको उनको भनाई छ । “विशेषगरी त्यो लिङ्कमा रहेको फाइलमा स्टिलर मालवेयर राखेको देखियो,”
उनले टेकपानासँग भने, “फाइलमा क्लिक गर्ने प्रयोगकर्ताको मोबाइल तथा कम्प्युटरमा तत्कालै डाउनलोड भएर त्यसले
सम्बन्धित ब्राउजरमा रहेको पासवर्ड, हिस्ट्री लगायतको सूचना तथा जानकारीमा पहुँच पाउने गरेको छ ।”

प्रतिकृया दिनुहोस्