

नायिक वर्षा सिवाकोटीले वैवाहिक सम्बन्ध विच्छेद गरेकी छन् ।
यसै वर्ष वैशाख ९ मा अमेरिका बस्दै आइरहेका आशिष गेलालसँग विवाह गरेका सिवाकोटीको वैवाहिक सम्बन्ध विच्छेद भएको हो । दुई महिना अगाडि नै काननूनी रुपमा सम्बन्ध विच्छेद गरेकी खुलेको छ ।
विवाहको केही महिनापछि समाजिक संजालहरूमा फलो र अनफलो गरेपछि उनीहरुको सम्बन्धमाथि खटनपटन भइरहेको चर्चा चलेको थियो ।
काठमाडौंस्थित एक रिसोर्टमा सुटुक्क विवाह गरेका सिवाकोटी र गेलालको सम्बन्धपनि सुटुक्क कानूनीरुपमा टुंगिएको हो ।
सम्बन्ध विच्छेदपछि सिवाकोटीले एकअर्कालाई बुझ्न नसकेर असमझदारी भएको बताएकी छिन् ।
गेलालले भने सोमबार झापाकी समीक्षा विमलीसँग विवाह गरेका छन् । गेलालले बिहे गरेको तस्वीर र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भइसकेको छ ।
चर्चा र हल्ला नै नमच्चाई आफुले रोजेको मान्छे संग लगनगाँठो कसेकी थिइन् नायिका वर्षा शिवाकोटीले ।
अमेरिकामा बस्ने प्रेमी आशिष गेलालसँग सुटुक्क बिबाह गरेकी थिइन् । आशिष लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् ।
त्यतिबेला नायिका बर्षा पनि अब अमेरिका तिरै सेटल हुन्छिन् कि भन्ने सबै आकलन गरेका थिए । किनभने विवाहपछि श्रीमान आशिष बर्षा लाई नेपालमै छोडेर अमेरिका गएका थिए ।
KOत्यतिबेला फ्यानहरुको मनमा उठेको सवालका बिषयमा अभिनेत्री बर्षाले पनि यस्तो जवाफ दिएकी थिइन् । सामाजिक सञ्जालमा इन्स्टाग्राममा वर्षालाई एक फ्यानले सोधेका थिए नेपालमै बस्ने कि अमेरिका जाने भनेर ।

प्रतिकृया दिनुहोस्