
अहिले सबै जसो नेपाली गृहिणीहरुको मुखमा सुनिने गरेको एउटा वाक्य छ अब त तरकारीमा भुटुन हाल्न समेत नसकिने भो। खाने तेलको भाउ किन्ने
नसक्ने गरी बढ्यो।’ हुन पनी नेपाली बजारमा पाइने सामान्य ब्राण्डका भटमास सूर्यमुखी तेलको मूल्य प्रतिलिटर अढाईदेखि तीन सयको हाराहारीमा छ।
स्थानीय तोरीको तेलको मूल्य भने ४ सय भन्दा माथि अन्य आयातित र ब्रान्डेड तेलको मूल्य त प्रतिलिटर ५ सयको भन्दा माथि पुगिसकेको छ।
अहिले नै किनेर खान नसकिने गरी महँगो बनिसकेको खाने तेल आगामी दिनमा भने झन् छुनै नसकिने गरि महँगिने निश्चित भएको छ। यो वर्ष हिउँदे वर्षा
नहुँदा तेलहन बालीमा त्यसको ठुलो असर परेको छ। त्यसैले स्वदेशी खाने तेलको बजार हिस्सा त्यसै पनि गत वर्षको भन्दा कम हुने देखिएको छ। जसले
गर्दा नेपाली उपभोक्ता आयातित खाने तेलमा नै भर पर्नु पर्ने देखिन्छ विश्व बजारमा तोरी र सूर्यमुखी तेलको ठुलो आपूर्तिकर्ता मुलुक युक्रेन रुससँग युद्धमा छ।

प्रतिकृया दिनुहोस्