२० चैत्र २०७९, सोमबार १७:३८


काठमाडौंँ । आँचल शर्मा बोल्न सिपालु अभिनेत्री पनि हुन् । तर बोल्दा बोल्दै कहिले काही उनी चिप्लने गर्छिन् । के बोल्न हुने र के बोल्न नहुने, त्यो ख्याल राख्दिनन् ।
त्यसैले पनि बोलीको कारण उनी बेलाबेलामा आलोचित बन्दै आएकी छन् ।
अहिले पनि उनको आलोचना हुन थालेको छ ।
यतिबेला उनको आलोचनाको विषय प्रकाश सुवेदीसँग दिएको एक अन्तवार्ता हो । जसमा उनले भलिबल खेलाडी सिपोरा गुरुङको विगत कोट्याएकी छन् ।
कार्यक्रममा आँचललाई सिपोरा गुरुङलाई कसरी चिन्नुहुन्छ ? भनेर तस्बिर देखाएर प्रश्न राखिएको थियो ।
जसमा उनले सिपोरालाई भलिबल खेलाडी र उदिपको पूर्व प्रेमिका भनेकी छन् । सञ्चालकले बोलचाल हुन्छ भन्दा भनेर फेरि प्रश्न राख्दा उनले आफूसँग त्यति ठूलो मुटु नभएको र
आफ्नो श्रीमान्को पूर्व प्रेमिकासँग कसरी सम्बन्ध बनाउन सकिन्छ भन्ने जवाफ दिएकी छन् ।

प्रतिकृया दिनुहोस्