
२ बैशाख २०८०, शनिबार १२:१८


गाईघाट / त्रियुगा नगरपालिका वडा न.८ राजावास-बैरेनी-भान्टाबारी जोड्ने सडक अन्तर्गत शाहीखोलामा पक्कि पुलको शिलान्यास गरिएको छ । त्रियुगा नगर
प्रमुख बसन्त कुमार बस्नेतले पुलको शिलान्यास गर्नु भएको हो । बस्नेतले पुल नहुदा हरेक बर्ष बर्खामा राजावास-बैरेनी-भान्टाबारीका जनताले
सास्थी खेप्दै आएका थिए तर अब भने सास्थी खेप्न नर्पने बताउनु भयो । त्रियुगा नगरको विकासको लागि आफु अहोरात्र खटेको पनि नगर प्रमुख बस्नेतले बताउनु भयो ।
शिलान्यास कार्यक्रममा त्रि.न.पा वडा न.८ का अधक्ष्य राजकुमार राउत र त्रि.न.पा वडा न.४ का अधक्ष्य बद्रि बस्नेतको पनि उपस्थिति रहेको थियो । पुल
निर्माणको लागि हिम निर्माण सेवाले रु चार करोड पचास लाखमा सम्झौता गरेको छ । ४० मिटर लम्बाईको पुल निर्माण कार्य सम्पन्नको समय भने २०८२-०१-१२ सम्म रहेको कम्पनी पक्षले जनाएको छ ।



प्रतिकृया दिनुहोस्