उदयपुरमा पनि डेंगु रोगको संक्रमण बढ्ने खतरा देखिएपछि औषधी छर्न थालिएको छ । उदयपुरको घनाबस्तीहरु गाईघाट, बेल्टार, रामपुर र कटारी क्षेत्रमा विशेष सतर्कता अपनाउन स्वास्थ्यकर्मीहरुले आग्रह गरेछन् ।
त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त कुमार बस्नेतले प्रमुख बजार गाईघाटमा पनि डेंगु रोगको संक्रमण देखिनु थाले पछि हप्ता दिनको लागि औषधी छर्न थालेको बताए | बस्नेत निर्वाचित भएको १०० दिन पुरा गरे संगै औषधी छर्न कामको पनि सुरु गरेको हो |
डेंगुको जिवाणु लामखुट्टेको टोकाईबाट संक्रमण हुने भएकाले लामखुट्टेबाट बँच्ने उपाय अपनाउन चिकित्सकले सुझाव दिएका छन्। लामखुट्टेले पानीमा फुल पार्ने भएकाले पानी जम्न नदिन, पाइप र नालीहरु सफा गर्न तथा
पानी जमेको ठाउँमा नियमति औषधि छिट्न र पुर्न उनीहरुको सल्लाह छ। जनस्वास्थ्य अधिकृत खकुरेलले डेंगुबाट बँच्न लामखुट्टेको टोकाईबाट बँच्नु नै उत्तम र सुरक्षित उपाय भएको बताए।
प्रतिकृया दिनुहोस्