


बिज्ञान पराजुली ,
नागरिक्ता सामाजिक सुरक्षा र घटना दर्ता समन्धी जनतेतना जगाउने उदेश्यको साथ उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर 2 ले आजबाट 2 दिने अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ। वडाको सभाहलमा आयोजित उक्त्त कार्यक्रममा उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी बिनोद पोखरेलले ,
अझैपनी गाउँ टोल र आम जनतामा कानुनी प्रक्रिया लगाएतको कुरामा ज्ञान नहुदा समस्या आइपर्ने स्विकार्नु भयो। उहाले कार्यक्रमका सहभागीलाई नागरिक्ता बनाउन के कस्तो कानुनी प्राबधान ,
सामाजिक सुरक्षा र घटना दर्ता समन्धमा आफ्नो आफ्नो हक अधिकार प्रयोग गर्न कानुनले तोकेको समयसिमा साथै कानुनमा ब्रजित के के गर्न हुदैन भन्ने कुराको चर्चा गर्नु भयो।
वडा नम्बर 2 का वडा अध्यक्ष घमानसिंह खत्री धुर्बले आफ्नो वडामा पनि त्यस्ता केही कानुनी प्राबधानका कारण नागरिक्ता सामाजिक सुरक्षा भत्ता र घटना दर्ता हुन नसकेको जानकारी
दिदै समस्या समाधानको लाई माथिल्लो निकायबाटै पहल हुनुपर्ने धारण राख्नु भयो।साथै उहाले भावनात्मक रुपमा सेवा दिन मन भएपनी कानुन भन्दा माथी गएर आफुले हालसम्म कुनै
कार्य नगरेको दाबी गर्नु भयो ।2 दिन सम्म संचालन हुने उक्त्त कार्यक्रममा, त्रियुगा नगरपालिका पञ्जिकरण शाखा प्रमुख शिरोमणि खतिवडाले सहजीकरण गर्नु भएको छ।वडा नम्बर 2 का
टोल बिकास सस्थाका प्रतिनिधि ,स्थानीय महिला समूह , युवासमूह बुद्धिजिवि, पत्रकार वडाका कर्मचारी लगाएत 50 जनाको सहभागीता रहेको छ। उक्त्त कार्यक्रमका
सहभागीलाई कार्यक्रमबाट आफुले सिकेको र बुझेका कुरा आफ्नो घर परिवार टोल समुदायमा पनि सिकाउन बुझाउन पञ्जिकरण शाखा प्रमुख खतिवडाले आग्रह गर्नु भयो



प्रतिकृया दिनुहोस्