


सौरभ मगर
जेठ २५ गाईघाट
उदयपुर सदरमुकाम गाईघाटमा एक हप्तादेखि अत्यधिक गर्मी बढदा जनजीवन कष्टकर बनेको छ ।बिहान् उज्यालो हुँदा देखी साझ अबेर सम्म नै चर्को घाम लागेर तातो हावा चल्दा गर्मी अत्यधिक बढेको हो।
चर्को घाम र अत्यधिक तातो हावा ले गर्मी बढदा घर बाहिर निस्कन समेत मुस्किल परेको स्थानीय बबिता मगर बताउनु हुन्छ ।
गर्मि ले गाईघाट सहित अन्य ठाँउको जनजीवन अत्यन्तै प्रभावित बनेको छ ।
गाईघाट को तापक्रम अधिकतम ४० डिग्री सेल्सीयस थियो ।गर्मी ले गर्दा यश क्षेत्र का स्थानीय हप्ता दिन देखि राम्रो सङ निदाउन सकेका छैनन । दिनभरको चर्को घामले राति छटपटि हुने गरि हपक्क गर्मी हुने गाईघाट का सन्दीप ढुङ्गाना ले भने । प्रत्येक मानिस गर्मी ले असिन पसिन भएर बसेको देखिन्छ । त्रिनपा १० का छबि माया कार्की आफ्ना बालबच्चा र घर को आर्थिक अबस्थाले चर्को घाममा मजदुर को काम गर्ने बाध्य हुनुहुन्छ ।
उहाँ भन्नू हुन्छ ” काम गरेन भने छोराछोरी लाई के खुवाउने कहाँ पढाउने त्यसैले चर्को घाम मा काम गर्न बाध्य छु ।”
गाईघाट का बमबम कुमार साह भने खुशी नै हुनुहुन्छ ।उहाँ दैनिकी चिसो पेय पदार्थ आईसक्रीम बरफ कुल्फी बेचेर जिबिकोपार्जन चलाउनु हुन्छ । “जति गर्मि बढयो मेरो ब्यापार अझ बढने सम्भावना हुन्छ ” साह ले भने ।
अचाक्ली गर्मी र तातो हावा ले ब्यापार ब्यवसाय पनि प्रभावित बनेको छ । खुल्ला आकास मुनि चर्को घाम मा जुत्ता चप्पल मर्मत गर्नु हुने राज कुमार सार्कीले केहि दिन देखि बजार मा चहलपहल नभएको र ब्यापार मा असर पुगको गुनासो गर्नु भयो
अत्यधिक गर्मी ले किसान मजदुर विद्यार्थी कर्मचारी सहित बाहिर निस्कनुपर्नेहरु बढी प्रभावित भएका छन । दैनिक मजदुरी गरेर पेट पाल्न बाध्य वर्गका मानिस भने गर्मीको प्रवाह नगरी चर्को घाममा झेरेरै बाहिर निस्कन बाध्य छन् ।



प्रतिकृया दिनुहोस्