२८ जेष्ठ २०८०, आईतवार ११:०७


जेठ २८, गाईघाट / त्रियुगा नगरपालिकाले जनताको घरघरमा दमकलले पानी पुगाएको छ । केही साता यता पानी नपरे पछि मुहानहरु सुक्न थालेको गुनासो आएकोले दमकलले पानी बितरन गरेको हो ।
त्रि.न.पा वडा न.९ बाट पानी बितरन सुरु गरेको नगर प्रमुख बसन्त कुमार बस्नेतले बताए । आबस्यकताका आधारमा नगर भरी दमकलको खाली समय सदुपयोग गरि पानी बितरन गर्ने पनि बस्नेतले बताए ।

गङ्गटे खाने पानीको मुहान सुक्दा मनकामना टोल बिकास संस्थाको स्थानीयलाई दमलक बाट पानी बितरन गरेको वडा अध्यक्ष राजकुमार दनुवारले बताउनु भयो ।
दनुवारका अनुसार स्थानीयको घरमा रहेको कल र मुहान सुक्दा समस्या परेको बताए ।

प्रतिकृया दिनुहोस्