
असार २, गाईघाट / नेपाल प्रेस युनियन उदयपुरको छैटौ जिल्ला अधिवेसन सम्पन्न भएको छ । शनिवार त्रियुगा नगरपालिका वडा न. १५ रमिते डाँडा डहरमा सम्पन्न भएको हो ।
२०८० असार ५ गते भित्र अधिवेसन सम्पन्न गर्न केन्द्र बाट पत्र आए पछि सोहि अनरुप अधिवेसन सम्पन्न गरेको अधक्ष्य पर्शुराम थापाले बताए । थापाका अनुसार २०७९ चैत्र मसान्त भित्र नै अधिवेसन सम्पन्न गर्न खोजे पनि विभिन्न कारणले ढिला भएको बताएका थिए ।
प्रेस युनियनले कार्यक्रम राम्रो संग आयोजन गरेको पत्रकार महासंघ उदयपुर साखाका अधक्ष्य भरत खड्काले बताउनु भयो । खड्काले पत्रकार महासंघको सदस्यता पनि प्रेस सेन्टर, प्रेस चौतारी र प्रेस युनियन मिलेर समाधान गरेको बताए ।
प्रेस युनियनको अधिवेशनमा आफु पहिलो चोटी सहभागी भएको नेपाली कांग्रेस उदयपुरका पुर्ब पार्टी सभापति बिदुर बस्नेतले बताए । बस्नेतले अब आउने समिति सहमति मै बनोस भन्दै बन्ने समितिलाई बधाई दिनु भएको थियो ।
कार्यक्रमका प्रमुख अथिति प्रदेश माननीय तथा पूर्व भौतिक पूर्वधार मन्त्री हिमाल कार्कीले यो अबैधानिक कोशी प्रदेस सदनले ल्याएको बजेट पास नहुने बताए । आफु मन्त्रि भएको बेला योजनाहरुमा बिनियोजन गरेको रकम अहिलेको अबैधानिक सरकारले कुनै योजनाको रकम कटौती गरेको र कुनै रद्द गरेको छ
भने कुनै काम हुदैन गरेको योजनाहरुको रकम निर्माण व्यावासाहीलाई भुक्तानी नदिएर दु:ख दिएको आरोप लगाए । कार्कीले चाडै कोशी प्रदेसमा सत्ता गठबन्धन सरकार बन्ने पनि बताए । कार्यक्रममा बोल्दै कार्कीले धार्मिक स्थल रौताको बाटो पनि बनाउने प्रतिबद्धता गर्नु भएको हो ।
अधिवेशनले पर्शुराम थापाको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति समेत सर्व सहमति चयन गरेको छ ।वरिष्ठ उपाध्यक्षमा विश्वराज तामाङ, उपाध्यक्ष यमुना आलेमगर, सचिव अस्मिता पौडेल, सह–सचिव किरण प्रसाद ढुंगाना र कोषाध्यक्षमा मनोज श्रेष्ठलाई सर्वसहमत चयन गरिएको छ ।
खुल्ला सदस्य तर्फ भने विज्ञान पराजुली,दिपक राउत, भरत बोहोरा, सुमन सागर खतिवडा र संजिव कुमार चौधरीलाई चयन गरिएको छ । आदिवासी जनजाती सदस्य अमित तामाङ, कुसुम लामा तामाङ, खुल्ला महिला सदस्य यसोधा पोखरेल, अनिता कार्की, मधेश सदस्य मिथुन ठाकुर, र अन्य सदस्यहरु खेमराज दाहाल, सन्जिब कुमार चौधरी, पुस्प दनुवार र सन्तोस रौनियार रहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा संघीय संसद प्रमिला राई, त्रियुगा नगरपालिकाका प्रमुख बसन्त कुमार बस्नेत, वडा ११ का अध्यक्ष सुमन्त कोइराला, वडा ८ का अध्यक्ष राजकुमार राउत लगायत अन्य बिभिन्न प्रेस संगठन संग आवद्ध पत्रकारहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्