काठमाडौं : शिवम् सिमेन्ट्सले गत आर्थिक वर्षको चौथो त्रैमासमा ६८ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा खुद नाफा ५१.१९% ले घटेको हो । अघिल्लो वर्ष यसले १ अर्ब ४१ करोड २६ लाख रुपैयाँ नाफा कमाएको थियो । यसको सिमेन्ट बिक्रीबाट हुने आम्दानी पनि ९ अर्ब ६१ करोड रुपैयाँबाट घटेर ९ अर्ब २१ करोड रुपैयाँमा झरेको छ । यसले गर्दा पनि नाफा प्रभावित भएको देखिन्छ ।
यो त्रैमासम्म आइपुग्दा कम्पनीको कच्चा पदार्थको खपत घट्दा विद्युत तथा उर्जा र अन्य शीर्षकमा हुने खर्च भने बढेको छ । कच्चा पदार्थको खपतमा भएको खर्च ४ अर्ब ४१ करोड रुपैयाँबाट घटेर ३ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । यता, विद्युत तथा उर्जाको खर्च भने २ अर्ब १० करोड रुपैयाँबाट बढेर २ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । अन्य खर्च पनि ४ करोडबाट बढेर १९ करोड रुपैयाँ पुगेको छ ।
असार मसान्तसम्म आइपुग्दा शिवम् सिमेन्ट्सको प्रतिसेयर आम्दानी वार्षिक १५ रुपैयाँ ६७ पैसा र प्रतिसेयर नेटवर्थ २०९ रुपैयाँ ८२ पैसा छ । हाल यसको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ । सेयर प्रिमियममा ९५ करोड ६२ लाख ३३ हजार रुपैयाँ र अन्य इक्विटीमा ३ अर्ब ८७ करोड ५६ लाख रुपैयाँ छ ।
प्रतिकृया दिनुहोस्