

सौरभ आलेमगर
असार-५, गाईघाट / यु १६( १६ बर्ष भन्दा मुनिका) फुटबल प्रतियोगितामा आयोजक कमिटी अखिल क्रान्तिकारी बिजयी भएको छ ।
मंगलबार भएको फाइनल खेलमा त्रिनपा १३ का ज्योति नगर फुटबल क्लबलाई ४-२ गोल अन्तरले हराउँदै आयोजक बिजयी भएको हो। अखिल क्रान्तिकारी उदयपुरको आयोजनामा गरिएको फुटबल प्रतियोगितामा आठ वटा समुह सहभागी भएका थिए ।
i
अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष मनिष सि युद्ध का अनुसार त्रियुगा नगरपालिका १३ असारीको खेलमैदानमा भएको प्रतियोगितामा अखिल क्रान्तिकारीबाट मन्दिप ढुंगेल, अवन राई ,चिरण मगर र कन्चन राई (साईहाङ) ले गोल गर्ने सफल भएका थिए भने ज्योति फुटबल क्लबबाट दिपेश श्रेष्ठ र दिवस राईले मात्र गोल गरेका थिए ।
बिजेता आयोजक लाई नगद रु ६ हजार मेडलका साथै प्रमाणपत्र र उपबिजेता ज्योति फुटबल क्लबलाई नगद रु ४ हजार मेडल र प्रमाणपत्र बाट पुरस्कृत गरिएको थियो । प्रतियोगितामा उत्कृष्ट खेलाडी ज्योति फुटबल क्लबका दिपेश श्रेष्ठ , उत्कृष्ट गोलरक्षक आयोजक कमिटीका न्युसन परियार बन्न सफल भए ।
प्रतियोगितामा बिजेतालाई नेपाल कम्युनिस्ट पार्टी ओखलढुंगाका इन्चार्ज लक्ष्मण सि , उदयपुर जिल्ला सचिव जित बहादुर सि लगायत अतिथिहरुले पुरस्कृत गरेका थिए ।

प्रतिकृया दिनुहोस्