

उदयपुर/वर्षा सुरु भएसँगै सप्तकोसीमा पानीको सतह बढ्दै जाँदा कटानको जोखिम बढ्दै गएको छ। उदयपुरको बेलका र सुनसरीको बाराह सिमाना बिचमा रहेको सप्तकोशीमा पानीको बहाव बढ्न सुरु गरेको हो ।
बर्खाको सुरुवातमै यस कोशीले कटान समेत सुरु गर्दा बेलकाका कयौँ वस्तीहरु जोखिममा परेको छ । बेलका ८ का वडाअध्यक्ष जय कुमार राईका अनुसार कोशी कटानले ८, ३, ९ र २ लाई क्षती पुराउने अवस्था देखिएको छ ।
वडाअध्यक्ष राईका अनुसार यसलाई तत्काल समधान नगरे बस्ती जोगाउन निकै चुनौती र कष्ठ रहेको बताए । तत्कालको लागि सामान्य थुनछेकका काम गरिरहेको छ । जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले नदीलाई दिर्घकालीन रोकथाम गर्न राष्ट्रिय गौरवकै योजनाहरु तय गर्नु पर्ने जनाए । यसलाई दरिलो बनाउनका लागि सामान्य बजेटले सम्भव नहुने जनाएको छ ।
प्रमुख अधिकारी गौतामले हालसालको लागि नदी रोकथामका लागि बजेट अभाव भएकोले वस्तीलाई जोखिम बनाउन सक्ने प्रजिअ गौतमको भनाई छ । यसवारे भने जिल्ला विपद व्यवस्थापन र सम्बन्धित निकायहरु सँग पनि बैठक गरी समधानको बाटो खोज्ने जनाए । स्थानीयहरुले कोशी बढेसँगै आफुलाई रातमा निन्द्रा नलाग्ने गरेको जनाए । उनिहरुले कोशी कटानले गर्दा आफुहरुलाई रात दिनै छोराछोरी र वस्तीको चिन्तामा रहेको स्थानीय सरिता पौडेलले भनिन् ।

प्रतिकृया दिनुहोस्