

उदयपुर/ उदयपुरको त्रियुगा नगरपालका १५ बरुवा डहरले गुराँस फुलको संरक्षणका लागि राष्ट्रिय फुल गुँरासको सम्भावित क्षेत्रहरुमा लालु गुराँसको बिरुवा रोप्ने अभियान सुरु भएको छ । बुधवार त्रियुगा उद्योग वाणिज्य संघ उदयपुरको सहयोगमा प्राप्त भएको १ हजार गुराँसको विरुवा त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेत सहित वडा अध्यक्ष गणेश तिमल्सिनाले संयुक्त बिरुवा रोप्दै गुँरास संरक्षणको अभियान सुरु गरेको हो ।
नगर प्रमुख बसन्त कुमार बस्नेतले गुराँस संरक्षण कार्यक्रमको उद्घाटन गर्दै नगरले अनुदानमा प्रदान गरेको विभिन्न जिवन उपयोगी सेवा सुविधाहरुको दिर्घकालिन रुपमा उपयोग गर्नु पर्ने बताए । उदयपुर जिल्लालाई पर्यटक प्रवद्र्धन तथा गुँरास संरक्षण गेर्ने उदेश्यका साथ गुराँस संरक्षण अभियान सञ्चालन प्रतिा नगरपाकिला सकारात्मक रहेको प्रमुख बस्नेतले बताए । तीनजुरेबाट ल्याएको विरुवा रोपन कार्यक्रमले यस ठाउँको सुन्दरता झल्काउँने मात्र नभई युवा लक्षीत रोजगारको अवसर पनि हुन सक्ने प्रमुख बस्नेतले बताए ।

यस्तै वडा अध्यक्ष गणिश तिमल्सिनाका अनुसार गुराँस हुँने ठाउँमा मात्र नभई सम्भावित यस ठाउँहरुमा पनि पर्यटन बिकास तथा युवाहरुलाई व्यवसायीक बनाउँने उद्देश्यका साथ विभिन्न २२ प्रजातिका गुराँसको विरुवा रोपीएको बताए । उनका अनुसार भई रहेको पुराना बोट विरुवाहरुलाई रंक्षण गर्नेमा पनि बताए ।
डिभिजन वन कार्यालय उदयपुरका सहायक वन अधिकृत जागेश्वर साहले पर्यटन विकासको रुपमा रहेको यस क्षेत्रमा हजारौँको संख्यमा बाहिरी पर्यटकहरु आउँने गरेकोले पर्यटकहरुलाई सुन्दर दृश्य अवलोकनमा सहज बनाउँनको निम्ति गुराँको बिरुवा रोप्ने कार्यक्रम सान्दभीक रहेको जनाए ।

बरुवाको डरहको माथिल्लो भेग रमिते, बाझभिर र सल्लापाखामा करिव १५० वटा गुँरासको विरुवा रोपिएको र अन्य विरुवाहरु रोप्न योग्य नभएकोले त्यसलाई नर्ससी निर्माण गरी रोप्न योग्य भएपछि पूण रोपीने स्थानीय युवा घमान सिंह राईले बताए । उनका अनुसार प्राप्त भएको १ हाजार बिरुवा त्रियुगा उद्योग वाणिज्य संघ उदयपुरले उपदव्ध गराएको जनाए

प्रतिकृया दिनुहोस्