अमित कुमार तामाङ
असार १९, गाईघाट / त्रियुगा नगरपालिकाको आ.व, २०७९/०८० को चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम त्रियुगानगर प्रमुख बसन्त कुमार बस्नेतको प्रमुख अथितिमा सम्पन्न भएको छ । कार्यक्रम नगरपालिकाको सभाहलमा सम्पन्न हो ।
कार्यक्रमलाई सहजीकरण सुशासनका हिमायती ( जि.क्यु ) ले गरेको हो भने आयोजक त्रियुगा नगरपालिकाले गरेका थिए । कार्यक्रममा नगरभरिका सम्पूर्ण समुदाए,वर्ग र राजनीति दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सहजकर्ताहरु कौशल चेम्जोङ्ग, भारत खड्का र राम बस्नेतले कार्यक्रमलाई सहजीकर गरेका थिए भने सहभागीहरुले नगरभरिका सन्दर्भमा १७ प्रश्न गरेका थिए ।
त्रियुगानगर प्रमुख बसन्त कुमार बस्नेतले सहभागीहरुको प्रश्नको जबाफ दिदै आफु निर्वाचित भएर आएपछि केहि सुधार भएको सार्वजनिक सुनुवाईले देखाएको बताए । नगरमा अझै केहि सुधार गर्न बाकी रहेको र तेस्को लागि निर्वाचित जनप्रतिनिधिले मात्रा नभएर सम्पूर्ण नगरवासी, समाजसेवी, टोलबिकास संस्था, युवा, व्यापारी, पत्रकार र बुद्धिजीबीको पनि साथ् चाहिएको बताए ।
आफु निर्वाचित भए पछि नगरपालिकाको प्रशासकीय भवन, वालमन्दिर बिधालय भवन , लक्ष्मीपुर बिधालय भवन, बरुवा क्याम्पसका साथै साहीखोला पुल, सरस्वतिखोला पुल, मोतिगडा जोगीदह जोड्ने सडक, सर्पदंस केन्द्र लगाएतका योजनाहरु निर्माण भैरहेको बस्नेतले बताए । बस्नेतले आफु निर्वाचित हुनु भन्दा पहिले उदयपुर जिल्ला अस्पताल एउटा रेफेर सेन्टर जस्तो रहेको थियो तर अहिले जटिल रोग बाहेक सबै रोगको उपचार जिल्ला अस्पतालमा भैरहेको बताए । साथै पाच थान डाइलेसिस मेसिन पनि उपलब्ध गराउन सफल भएको बस्नेतले बताएका थिए ।
भर्खर मात्र त्रियुगा नगरपालिका वडा न. ११ मा बाटोको कालो पत्रे कमसल गरेको जनगुनासो आएको उप प्रमुख महेस्वोरी राईले बताउनु भयो । नगरपालिका भरिको योजनाहरुको अनुगम गर्ने जिम्मा उप प्रमुखको रहेको हुदा आफु लगाएत नगर प्रमुख बसन्त बस्नेत, वडा अधक्ष्य सुमन्त कोइराला, प्रमुख प्रशासकीय अधिकृत बिष्णु भक्त सिग्देल सबै भएर अनुगम गरि तत्काल फेरी सडकमा कालो पत्रे गर्न निर्देशन दिएको राईले बताए ।
उपस्थिति सम्पूर्णलाई धन्यवाद दिदै आउदा दिन अझै यस्तै किसिमको गुनासो हाम्रो माझमा लिएर आउनको लागि पनि उप प्रमुख राईले अनुरोध गर्नु भएको थियो । कार्यक्रममा सम्पूर्ण वडाका वडा अधक्ष्य लगाएत कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस्