२९ असार २०८०, शुक्रबार १९:५१

सप्तरी असार २९ / सप्तरीको वलान विहुल गाउँपालिका शुक्रबारबाट आफ्नै सुविधा सम्पन्न भवनमा सरेको छ । पुरानो भवनबाट संचालन हुदै आएको वलान विहुल गाउँपालिकाको नवनिर्मित भवनको शुक्रबार एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले उद्घाटन गर्नु भएको छ ।
दुई करोड ३६ लाखमा नइरा कन्ट्रक्शन जेभीले निर्माण सम्पन्न गरेको उक्त भवनबाट अब पालिकाका जनप्रतिनिधि, कर्मचारीले नियमित सेवा दिने छन् । पालिका केन्द्र मल्हानियामा निर्माण भएको उक्त पालिकाको नयाँ प्रशासनिक भवनबाट अब भने नागरिकले सेवा पाउने भएका छन् ।
पालिका भवन उद्घाटन संगै आर्थिक बर्ष २०८०/०८१ को आठौ गाउँ सभाको सार्वजनिकिकरण समेत गरिएको छ । कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, स्थानिय नागरिक, सुरक्षाकर्मी, पत्रकार लगायतको उपस्तिथी रहेको थियो ।

प्रतिकृया दिनुहोस्