असार-३०, गाईघाट / उदयपुर सदरमुकाम गाईघाटमा कोरा च्यालेन्ज २०८० कार्यक्रमको आयोजना गरिएको छ । त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राईले शनिवार पिपलचोकमा कोरा च्यालेन्ज २०८० लाई उद्घाटन गर्दे कार्यक्रम सुरु गरिएको हो । कार्यक्रमलाई उदयपुर साइक्लिङ संघले आयोजना गरेका थिए भने त्रियुगा नगरपालिकाले सहयोग गरेका थिए ।
वर्षमा एकपटक मठ–मन्दीर, चैते, गुम्बा, मस्जिद घुम्दै घडीको आकारमा साइक्लिङ गर्ने विशेष कार्यक्रम रहेको साइक्लिङ संघका अध्यक्ष जितेन्द्र रोइलाले बताए । साईकलिङ गाईघाट बजारबाट सुरु भई त्रियुगा नगरपालिकाको गाईघाट–पुरानोगाईघाट–असारी–पोर्ताहा–मोतिगडा–बगाहा–देउरी–जलजले–चकलघाट–तोरीबारी–होक्से–लुहाले–भण्टाबारी–खाटमन्दिर–राजाबास–गैरुन–बोक्सेहुदै पु नः गाईघाटमै समापन गरिएको छ ।
गाईघाट कोरा च्यालेन्ज उदयपुरमा सन् २०१९ बाट सुरु भएको हो । देशभरमा भने यो १४ औं संस्करण हो । अहिले च्यालेन्जको क्रममा संकलन हुने रकम टर्कीको भुकम्प पिडितका लागि सहयोग हुने जनाइएको छ ।
यो खेल नेपालबाटै सुरु भई हाल विश्वभर एकैदिन ९१६ जुलाई० मा सञ्चालन हुनेगर्छ । यस खेलमा निश्चित दुरी साइकल कुदाउछु र सामाजिक कामका लागि स्वेच्छिकरुपमा आर्थिक दान गर्छु भन्ने प्रतिबद्धता गरिन्छ । त्यसैले यसमा आफैले आफैलाई च्यालेन्ज गर्ने हुन्छ । पहिले पहिले काठमाडौंमा मात्र हुनेमा कोरोनाकाल पछि जिल्लाहरुमासमेत हुन थालेको हो ।
प्रतिकृया दिनुहोस्