साउन-४, गाईघाट / त्रियुगा नगरपालिकाले करिव २ करोड बराबरको फोहोर व्यवस्थापनका लागि सवारी साधन खरिद गरेका छन ।
विगतको आर्थिक बर्षहरुमा फ्रीज हुँदै आएको पैसालाई सदुपयोग गर्दै नगरपालिकाले गत आर्थिक बर्ष २०७९/८० मा सवारी साधन खरिद गरेका हुन ।
हाल नगरपालिकामा एक दमकल, एक ब्याक्हो लोडर, एक टिफर, ३ वटा ट्याक्टर र एक पानी ट्यान्की रहेका थिए । अहिले नगरपालिकाले एक ब्याक्हो लोडर, एक टिफर, एक पानी ट्यान्कर, दुई वटा ट्याक्टर र दुई वटा साना अटो खरिद गरेको छ ।
थपिएका सवारी साधानलाई फोहोरमैला व्यवस्थापन तथा सरसफाइ, विपद व्यवस्थापन, भौतिक निर्माण लगायतका क्षेत्रमा प्रयोग गरिने नगरपालिकाका नगर प्रमुख वसन्त बस्नेतले जानकारी दिए ।
पहिले र अहिले भएका नगरका साधन प्रयोग गरि अब हामी नगरमा नयाँ सडक ट्र्याक खोल्न र सडक ग्राभेल गर्न आफै सक्ने भएका छौ।” नगर प्रमुख बस्नेतले भने, ” बढ्दो शहरीकरणले फोहोर व्यवस्थापनका लागि पनि साधनको अभाव थियो अव समयमा फोहोर उठ्ने छ र साना गल्लीमा ट्याक्टर नछिर्ने सडकमा समेत अटोले फोहोर उठाउने छ ।
प्रतिकृया दिनुहोस्