साउन-५, गाईघाट / प्रदेश नम्बर १ का सिमान्तकृत पत्रकार महिलाहरुको क्षमता बिकास सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी झापामा सम्पन्न भएको छ । बिहीबार बाट सुरु भएको तालिम शुक्रबार सम्पन्न भएको हो ।
तालिमको उद्घाटन एक कार्यक्रमका बीच प्रतिनिधि सभाका उप-सभामुख इन्दिरा रानाले गर्नु भएको थियो । सन्चारिका समूह केन्द्रका आयोजना तथा सन्चारिका समूह झापा शाखाको समन्वयमा क्षमता बिकास कार्यक्रम झापा बिर्तामोडको होटेल ह्याभेन ग्रान्डमा सम्पन्न भएको हो ।
फ्रेडरिच इबर्ट स्टिफ़टुंगको आर्थिक सहयोगमा कोशी प्रदेश भरिका पत्रकारहरु सहभागी रहेको झापा शाखाका अधक्ष्य लिला अनुमोलले बताउनु भयो । बिगतमा सन्चारिका समूहले आयोजना गर्ने क्षमता बिकास गोष्ठीहरुमा महिलाको सहभागिता रहेपनि झापामा भने पुरुषहरुलाई पनि सहभागी गराएको अनुमोलले बताए ।
कार्यक्रममा उदयपुर,धनकुटा,पाचथर, ताप्लेजुंग, इलाम, झापा,सुनसरी, मोरंग लगाएतका जिल्लाहरु बाट सहभागी रहेका थिए । कार्यक्रमलाई बिमला तुम्खेवा,लक्ष्मी गौतम, निलिफा सुब्बा र पवित्रा राउतले सहजीकरण गर्नु भएको थियो ।
प्रतिकृया दिनुहोस्