
गाईघाट / श्रि नवउदय सामुदायिक वन उपभाेक्त़ा समुह द्वारा बृहत् बृक्षाराेपन कार्यक्रम आयोजना गरेका छन् । त्रियुगा नगरपालिका वडा न. १० र ११ मा पर्ने श्रि नवउदय वन उपभाेक्त़ा समुहले कार्यक्रम आयोजना गरेका हुन् । ” सामुदायिक वन गाउलेको धन ” मूल नाराका साथ बृक्षाराेपन कार्यक्रमको सुरवात गर्न लागेको अधक्ष्य जीवन पाण्डेले बताए ।
पाण्डेका अनुसार आफु अधक्ष्यमा निर्वाचित भए पछि वन,दाउरा, घाँसको संरक्षण गरेको बताएका थिए । ” हरियो वन नेपालको धन ” भने झैँ श्रि नवउदय सामुदायिक वनलाई अझै हराभरा बनाउन बृक्षाराेपन कार्यक्रम आयोजना गरेका त्रियुगा नगरपालिकाका प्रमुख बसन्तकुमार बस्नेतले बताउनु भयो । नेपालको साहसिक खेल प्याराग्लाइडिङ उडान पनि यहि वन बाट हुने भएको हुदा वनलाई हराभरा बनाउनुको साथै संरक्षण गर्न लागेको बस्नेतले बताए ।
बस्नेतले प्याराग्लाइडिङ उड्ने र हेर्ने दुवैका लागि मनोरञ्जन प्रदान गर्नुका साथै पर्यटन प्रवद्र्धनमा समेत जोड दिने भएकाले वनको संरक्षण गर्न हामी सबै नगरवासीको दाइतो रहेको बताए ।


प्रतिकृया दिनुहोस्