अमितकुमार तामाङ
गाईघाट / उदयपुरमा तामाङ घेदुङ्ग र मगर संघले जिल्ला प्रशासन कार्यलयलाई ज्ञापन पत्र बुझाएका छन् । तामाङ र मगर समुदायको संस्कारमाथि विवादास्पद अभिव्यक्ति दिएकी भगवती पाण्डे (शीतल)लाई पक्राउ गरि कानुनी कार्वाही गर्न केन्द्रीय समितीको पत्र अनुसार जिल्ला प्रशासन कार्यलय उदयपुर मार्फत गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाएका हुन् ।
हामी समस्त समुदायलाई अपराधीकरण गर्नेगरि विवादास्पद अभिव्यत्ति दिने भगवती पाण्डेलाई कानुन बमोजिम हदैसम्मको सजाय गर्न जोडदार माग गर्दै ज्ञापन पत्र बुझाएको तामाङ घेदुङ्गका अधक्ष्य अर्जुन तामाङ घिसिङ्गले बताए । तामाङका अनुसार मिती २०८०/०४/१७ गते शान्तिपूर्ण आन्दोलनमा रहको अभियन्ताहरुलाई जिल्ला प्रहरी परिसर टेकुले नियन्त्रणमा लिइ चरम यातना दिई कुटपिट, गालीगलौज, धरपकड गरेको हुदा बिना सर्त रिहाई गरिनु पर्ने साथै घाइते अभियन्ताहरुको उपचार गरि उचित क्षतिपुर्ती दिन माघ सहित ज्ञापन पत्र बुझाएको बताए ।
करिब ८० जनाको उपस्थितिमा ज्ञापन पत्र बुझाएको मगर संघका अधक्ष्य हरि आलेमगरले बताए । मगरले प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई पत्र बुझाउदै हाम्रो माग चाडै पुरा गर्न आग्रह गरेका थिए ।
ज्ञापन पत्र कार्यक्रममा आदिवासी जनजाती महासंघ कटारि न.पा, त्रियुगा न.पा, चौदण्डी न.पा, बेलाका न.पा, जि.स.स उदयपुर तथा किरात राई यायोक्खा उदयपुरको ऎक्यबद्धता रहेको तामाङ घेदुङ्ग त्रियुगा नगरपालिकाका अधक्ष्य उपेन्द्र तामाङ बताए ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले माग सम्बोधन गर्ने प्रतिबद्धता गरेका थिए । भगवती पाण्डे (शीतल)ले केही दिनअघि एक टेलिभिजन अन्तर्वार्ताका क्रममा मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने विवादास्पद अभिव्यक्ति दिएकी थिइन् ।
प्रतिकृया दिनुहोस्