२० आश्विन २०८०, शनिबार १९:३७


गाईघाट / त्रियुगा नगरपालिका वडा न.१ जोगीदहमा जितमहान बाबाको मन्दिर सिलन्यास गरेका छन् । त्रियुगा नगर प्रमुख बसन्त कुमार बस्नेतले एक कार्यक्रम बीच मन्दिरको सिलन्यास गरेका हुन् । सिलन्यास समारोहलाई सम्वोधन गर्दै, मेयर बस्नेतले आफु धर्मप्रति आस्था वान भएको प्रसङ्गहरु उल्लेख गर्दै,सामाजिक रुपमै मन्दिर धरोहर संस्था भएकाले मठमन्दिरहरुको सबैमिलेर सरक्षण गर्नु पर्ने बताए ।

कंग खोलाको पुर्बी छेउमा मन्दिर बनाउन लागेको त्रियुगा नगरपालिका वडा न.१ का वडा अधक्ष्य मनोज चौधरीले बताए । चौधरीका अनुसार जनता संग मेयर कार्यक्रम अन्तर्गतको रकम बिनियोजन गर्ने र केहि वडाको पनि रकम बिनियोजन गरेर मन्दिर बनाउन लागेको बताए ।


प्रतिकृया दिनुहोस्