
गाईघाट / त्रियुगा नगरपालिकाले जग्गा एकिकरण संचालन गर्नको लागि जग्गाधनिहरुलाई भेला हुन सूचना प्रकाशन गरेका छन् | नगरपालिकाले २०८०/०७/१८ गते शनिवार दिनको ११ बजे नगरपालिकाको सभाहलमा भेला हुन् जग्गाधनीहरुलाई सूचना मार्फत जानकारी गराएका हुन् |
यस अघि त्रि.न.पा वडा न. ९ र १० को १८० बिगाहा जग्गामा नगरपालिकाले एकिकरण आयोजना संचालन गर्नको लागि २०८०/०५/०८मा ३५ दिने सूचना प्रकाशन गरेका थिए | ३५ दिने सूचना प्रकाशन भए पछि जग्गाधनिहरुको दाविबिरोधको निवेदन नगरपालिकाको कार्यलयमा पेस भएको नगर प्रमुख बसन्त कुमार बस्नेतले बताउनु भयो |

बस्नेतले पेस निवेदनमा छलफल गर्न र आयोजनाको बिस्तृत जानकारी गराउनको लागि पुर्वमा त्रियुगा अस्पताल हुदै त्रियुगा बसपार्क जाने सडक, पश्चिममा गैरुन मुसहरीटोल हुदै त्रियुगा नदि , उत्तरमा मदन भण्डारी राजमार्ग र दक्षिणमा त्रियुगा नदि भित्र पर्ने जग्गाधनिहरुलाई छलफलमा आउन अनुरोध गर्दै यस नगरपालिकाले थालेको व्यवस्थित शहर निर्माण गर्ने अभियानलाई साथ दिन पनि अनुरोध गर्नु भयो |

छलफल कार्यक्रममा जिल्ला समन्वय समिति कार्यालय, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यलय, डिभिजन वन कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, त्रियुगा नगरपलिकाका सबै वडा कार्यलयहरुको सहभागी रहने पनि बताए |

प्रतिकृया दिनुहोस्