
गाईघाट / स्व. चित्र कुमारी चौधरी (लिम्बू) स्मृति तेस्रो मलिथम च्याम्पियनसिप २०२३ को उपाधी लक्ष्मीपुर फुटबल क्लबले हात पारेका छन्। फाइनल खेलमा लक्ष्मीमीपुर फुटबल क्लबले रातापानी फुटबल क्लबलाई ५-० अन्तरले पराजित गर्दै आफ्नो जित पक्का गरेका हुन्।
बिजेता क्लबले नगद रु ३५ हजार सिल्ड, मेडल र प्रमाणपत्र साथै उपबिजेता क्लबले नगद रु२५ हजार शिल्ड,मेडल र प्रमाणपत्रमा पाएका थिए ।

यस्तै सान्त्वनामा पर्न सफल नव सार्वजनिक युवा क्लबले ट्रफी प्राप्त गरेको छ । कार्तिक ३ गतेबाट सुरु भएको प्रतियोगितामा ८ ओटा टिम सहभागी रहेका थिए । थारु समुदायका युवाहरुलाई लक्षित गर्दै मलिथम थारु सेवा समाज उदयपुरले फुटबल प्रतियोगिता सञ्चालन गरेको हो ।
प्रतियोगितालाई क्रिमशन मेशेनरी पार्टस् सप्लायर्स एण्ड ट्रेडर्सले आर्थिक सहयोग गरेका थिए । उक्त ट्रेडर्स स्वर्गिय चित्र कुमारी चौधरी –लिम्वु) को श्रीमान सुनिल चौधरीले संञ्चालन गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्