गाईघाट / त्रियुगा नगरपालिका वडा न.१ जोगीदहको आयोजनामा तिन दिने उद्यमशीलता तालिम सम्पन्न भएको छ | वडा कार्यालयको सभाहलमा हर्पिक, साबुन, र फिनेल उत्पादन गर्ने तालिम सम्पन्न भएको हो | कार्यक्रमलाई प्राबिधिक सहयोग नमस्ते टेक्निकल इन्स्टीच्युट एण्ड कन्सल्टेन्सी प्रा.लि बिर्तामोड – ४ झापाले गरेका थिए |
घरायसी रुपमा दैनिक प्रयोग हुने साबुन, फिनेल र हर्पिक उत्पादन गर्ने तालिम नगरपालिका भरि संचालन गर्ने नगर प्रमुख बसन्त कुमार बस्नेतले बताए | साथै तालिममा सहभागी सम्पूर्णलाई नगरपलिका उद्यमीहरुको साथमा रहेको बताए |
तालिमबाट त्रि,न,पा वडा. न.१ का २८ जना लाभान्वीत भएको वडा अधक्ष्य मनोज चौधरीले जानकारी दिए | चौधरीले स्थानीय उत्पादनलाई बजारीकरण गर्न सबैलाई अनुरोध गर्नु भएको थियो |
कन्सल्टेन्सीका अध्यक्ष डि.एल. राजवंशीले मानिसलाई आवश्यक पर्ने साबुन, फिनेल र हर्पिक जस्ता चिजहरु आफ्नै घरमा सहजै बनाउँन सक्ने भएकाले मानव स्वास्थ्यमा समेत कुनै असर नपार्ने भन्दै कच्चा पदार्थको मात्रा मिलाएर बनाउँनु पर्नेमा जोड दिए ।
तालिम राम्रो रुपमा सम्पन्न भएको सहभागी थारु होमस्टेका संचालक रामदिपक चौधरीले जानकारी दिए | चौधरीले आयोजक तथा सहयोग कर्तालाई धन्यवाद दिनु भएको थियो |
प्रतिकृया दिनुहोस्