गाईघाट / त्रियुगा उधोग बाणिज्य संघले दोस्रो प्रदेश महोत्सव संचालन गर्ने भएका छन् । मिति २०८० फाल्गुन १ देखि १० गते सम्म दोस्रो प्रदेश महोत्सव गाईघाटमा संचालन गर्ने निर्णय गरेका हुन् ।
व्यापारीहरुको हकहित तथा व्यापार प्रवर्धनको लागि १० दिने महोत्सव आयोजना गर्न लागेको अधक्ष्य रमेश रसाइलीले बताउनु भयो । रसाइलीका अनुसार विगतको आन्तरिक विवाद तथा मुद्धाको कारण सोचे जस्तो काम गर्न नसकेको बताए ।
अब विवाद मिलेको र संस्था नविकरण भएकोले अब सम्पूर्ण व्यापारीको लागि काम गर्ने बताए । यस अघि त्रियुगा उद्योग वाणिज्य संघ जिल्ला प्रशासन कार्यालय उदयपुरमा आर्थिक बर्ष २०७८/०७९ देखि नविकरण हुन सकेको थिएन । संस्था नविकरण नहुदा बैंक खाता समेत रोक्का हुदाँ संस्थाले आफ्नो नियमित कार्यलय संचालन तथा अन्य कार्यक्रमहरु संचालन गर्नका लागि समस्या भोग्दै आएका थिए ।
साथै समितिको बैठकले जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्पबाट प्रभावित भएका पिडितहरुलाई राहत स्वरुप रु. १ लाख बराबरको राहत सामाग्री सहयोग गर्ने निर्णय गरेका छन् ।
प्रतिकृया दिनुहोस्