गाईघाट / उदयपुरको त्रियुगा नगरपालिकाले जाजरकोटमा गएको भुकम्प पिडितका लागि राहात सामाग्री लिएर प्रस्थान गरेका छन् । नगरपालिकाले ९ लाख बराबरको राहत सामाग्री लिएर भुकम्प प्रभावित जाजरकोटका लागि गएको हो ।
नगरपालिकाले आफ्नै कोष तथा सहयोगी सङ्घ संस्थाबाट सङ्कलन गरी जुटाएको रकम बाट खाद्यान्न लगायत विभिन्न औषधी र लत्ता कपडा सहयोग गरेको नगर प्रमुख बसन्त कुमार बस्नेतले बताएउनु भयो ।
बस्नेतका अनुसार नगरपालिकाले ३ लाख ८३ हजार ५ सय बराबरको ५ हजार ९ सय किलो चामल, २८ हजार ४ सय ४२ रुपैया बराबरको ७८ थान म्याट, ९८ हजार ९ सय ६५ रुपैया बराबरको २ सय ९० थान न्यानो कपडा, १ लाख १ हजार ६ सय बराबरको २ सय थान ब्लान्केट, १ लाख बराबरको ९० थान त्रिपाल, ६ हजार बराबरको ४ थान ठूलो त्रिपाल, ५४ हजार बरबारको १२ सय थान सेनिटरी प्याड, १ लाख १५ हजार बराबरको ४८ थान विभिन्न प्रकारको औषधि सहितका राहत सामाग्री सहयोग गरिएको बताए ।
राहात सामाग्रीको लागि त्रियुगा त्रियुगा उद्योग बाणिज्य संघले १ लाख बराबरको सहयोग र त्रियुगा मेडिकल र नगर स्वास्थ्य शाखाबाट औषधिहरु उपलब्ध गराएको नगर प्रमुख बस्नेतले बताए ।
यता ओरेक नेपालले १२ हजार बराबरको बच्चाको लागि न्यानो कपडा, महिलाहरुको लागि न्यानो सुरुवाल, गर्भवती महिलाको लागि म्याक्सी, जेन्स पाईन्ट किरशोरीहरुको लागि जामा उपलब्ध गराएको छ । त्यसैगरी पिसजोन स्कुल गाईघाटले ५७ थान नर्मल ट्याक सुट उलब्ध गराएको त्रियुगा नगरपालिकाले जनाएको छ ।
रागत सामाग्री लिएर जानू पूर्व सन्ध्यामा पत्रकार सम्मेलन गर्दै नगरप्रमुख बस्नेतले प्रकोपले पुर्याएको सङ्कटका घडीमा भूकम्प पीडतका असीमित पीडामा सीमित सहयोग लिएर साथ दिन जान लागेको बताए ।
प्रतिकृया दिनुहोस्