९ मंसिर २०८०, शनिबार १९:५८


गाईघाट / उदयपुरमा स्कुल बस दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ । अधेरी झर्ना नजिकै दुर्घटनामा परी चालक भिखन चौधरी, सम्या चौधरी र विकाश चौधरीको मृत्यु भएको हो ।
दुर्घटनामा ३९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी हरिनन्दन चौधरीले जानकारी दिए। उनका अनुसार गम्भीर घाइते पाँच जनालाई थप उपचारका लागि बिराटनगर पठाइएको बताए ।
बाकी जिल्ला अस्पताल उदयपुरमा उपचार भैरहेको बताए । अन्नपूर्ण सेकेन्डरी बोडिङ स्कुलको प्र-०५-००१ ख ००४४ नम्बरको बस दुर्घटना भएको हो । बसमा सवार पिकनिक खाएर घर फर्कदै गरेका थिए ।

प्रतिकृया दिनुहोस्