गाईघाट / उदयपुर सदरमुकाम गाईघाट बजारमा आगलागी भएको छ | त्रियुगा नमुना माध्यमिक बिधालयले व्यापार प्रयोगको लागि भाडा लगाएको सटरमा आगलागी भएको हो | आइतवार साझ ७ बजे राजअटो मोटरसाइकल ग्यारेजबाट आगलागी सुरु भएको थियो | आगलागी नियन्त्रण गर्न त्रियुगा नगरपालिकाको जेसिबी मेशिन साथै त्रियुगा न.पा , चौदण्डी न.पा,रौतामाई गा.पाको दमकल (वारुणयन्त्र), लगाएत स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको उपस्थितिमा आगो नियन्त्रण लिएको हो ।
आगोले ९ वटा सटरमा छती गरेको छ | राजअटो ग्यारेज सहित तिन पसल जलेर नस्ट भएको छ भनेअरु पसलमा सामान्य छती भएको स्थानीयले बताएका छन् | स्थानीयका अनुसार राजअटो ( ७० लाख ), महालक्ष्मी ( ३० लाख ), राम उदगार ( डेढ लाख ), इजबुल ( ८ लाख ), पण्डित पानपसल ( ५ लाख ), नरसिंह ( १५ लाख ),किरण होटेल ( १५ लाख ), शाही होटेल ( ५० हजार ),कोसेली घर ( २० हजार ), चादनी साइकल ( ६० हजार ) गरि जम्मा रु एक करोड पैतालिस लाख असिहजार बराबरको क्षति भएको बताएका छन् | आगलागीको प्रमुख कारण थाहा नभए पनि विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् ।
यस घटनाले आफु अत्यन्त दुखित भएको त्रियुगानगर प्रमुख बसन्त कुमार बस्नेतले बताउनु भयो | बस्नेतले घटना प्रति दुख व्यक्त गर्दै व्यापारीहरुलाई बिचलित नहुन आग्रह गरेका छन् | घटनाको विवरण संकलगरि नगरपालिकाबाट सकेको उचित छतिपुर्ति दिने प्रतिबद्धता गरेका छन् | साथै एस दुखद घटनामा उधोग बाणिज्य संघ, एनजीओ, आइनजिओ लगाएत सम्पूर्ण संगसंस्थाहरुलाई एक भएर सहयोग गर्न बस्नेतले आग्रह गर्नु भएको छ |
थप ठुलो घटना हुन नदिन सहयोग गर्नु हुने सम्पूर्णलाई त्रियुगानगरका उप प्रमुख महेस्वोरी राईले हार्दिक धन्यवाद दिएका छन् | राईले समयमा जेसिबी, वारुणयन्त्र, नेपाल आर्मी,सशस्त्र प्रहरी, जनपथ प्रहरी लगाएत स्थानीयहरु भेला भएर आगो नियन्त्रण नलिएको भए अहिले भन्दा झन् ठुलो छती हुने बताए |
प्रतिकृया दिनुहोस्